बागमती प्रदेश सरकारको मिति 2081/07/27 को निर्णयानुसार बागमती प्रदेश सरकार (कार्य विभाजन) नियमावली, 2080 (संशोधन) को अनुसूचीहरूमा हेरफेर भएकोमा उक्त हेरफेर अनुरूप यस श्री सहकारी तथा गरिबी निवारण मन्त्रालयको गठन भएको हो। यस मन्त्रालय अन्तर्गत प्रदेश सहकारी तालिम केन्द्र ,चितवन तथा समस्याग्रस्त समितिको कार्यालय, अनामनगर काठमाडौँमा रहेको छ । मन्त्रालय मातहत देहायका महाशाखा तथा शाखा रहेका छन्।

१. सहकारी तथा गरिबी निवारण महाशाखा:

क. सहकारी समन्वय शाखा

ख. गरिबी निवारण तथा सीप प्रबर्द्धन शाखा

२. प्रशासन योजना तथा अनुगमन महाशाखा:

क. कर्मचारी व्यवस्थापन शाखा

ख. बजेट योजना तथा अनुगमन शाखा

ग. आर्थिक प्रशासन शाखा

मन्त्रालयको संक्षिप्त परिचयः

      • मन्त्रालयको नामः सहकारी तथा गरिबी निवारण मन्त्रालय
      • मन्त्रालयको ठेगानाः बागमती प्रदेश, हेटौंडा-, मकवानपुर।
      • गठन मितिः2081/07/27 7 को बागमती प्रदेश सरकारको निर्णयानुसार बागमती प्रदेश सरकार (कार्यविभाजन) नियमावली, 2080 को अनुसूचीहरुमा भएको हेरफेर बमोजिम गठन भएको ।
      • कार्य प्रारम्भ मितिः 2081/08/07
      • कार्यक्षेत्रः प्रदेश मातहतका सहकारी संघ/संस्थाहरूको दर्ता, अभिलेखीकरण, सञ्चालन, नियमन गर्ने, सहकारी संस्थाहरुलाई विभिन्न किसिमका तालिम सञ्चालन प्रदान एवं गरिबी निवारण सम्बन्धी ऐन, कानून,नीति, मापदण्ड, कार्यविधिहरु तर्जुमा गरी कार्यान्वयन गर्नु गराउनु ।