NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ सिल्लाथ्व तृतीया - ३

महाशाखा र शाखाका कार्यहरू

सहकारी तथा गरिबी निवारण महाशाखाको कार्यविवरण

• सहकारी सम्बन्धी प्रादेशिक नीति, कानून र मापदण्ड निर्माण गर्ने

• राष्ट्रिय सहकारी संगठनसँग सहयोग, समन्वय र सम्पर्क गर्ने

• सहकारी र गरिबी निवारण सम्बन्धी अन्तर निकाय समन्वय स्थापना गर्ने

• सहकारी संघसंस्था र ब्लकहरुसँगको समन्वय, सहकार्य, संवर्द्धन र विकास गर्ने

• सहकारी संघ संस्था सञ्चालन सम्बन्धी मापदण्ड, कार्यविधि तथा निर्देशिकाहरु निर्माण गर्ने

• सहकारी सम्बन्धी अन्तर प्रादेशिक तथा स्थानीय तहसँग समन्वय र सहकार्य गर्ने

• सहकारीमा कार्यरत सरकार, राज्य तथा अन्तर्राष्ट्रिय गैरसरकारी निकायहरु तथा सहकारी संघसंस्थाहरुसँगको सहयोग र समन्वय गर्ने

• विशिष्टिकृत सहकारी सम्बन्धी कार्य गर्ने गराउने

• सहकारितामा आधारित व्यवसाय प्रवर्द्धन विकास गर्ने

• सहकारी शिक्षा सूचना, तालिम तथा शिक्षण अध्ययन र अनुसन्धान गर्ने

• सहकारी व्यवसाय सम्बन्धी प्रादेशिक तथ्याङ्क व्यवस्थापन गर्ने

• प्रादेशिक मन्त्रालय विच गरिवी न्यूनिकरण सम्वन्धी कार्यक्रमहरुको समन्वय गर्ने

• गरिबीको रेखामुनि रहेका घर परिवार र नागरिकको क्षमता अधिवृद्धि गर्ने

• आत्मनिर्भर व्यवसाय प्रवर्द्धन कार्यक्रम संचालन गर्ने

• गरिबीको रेखामुनि रहेका परिवारका मानसिक र शारीरिक अशक्त भएका व्यक्तिहरु लक्षित बिषेश नीति र कार्यक्रम पहिचान गरि कार्यान्वयन गर्ने

• कम्तीमा एक स्थानीय तह एक गरिबी निवारण कार्यक्रम संचालन गर्ने

सहकारी समन्वय शाखाको कार्यविवरण

• राष्ट्रिय सहकारी संगठनसँग सहयोग, समन्वय र सम्पर्क गर्ने

• सहकारितामा आधारित व्यवसाय प्रवर्द्धन विकास गर्ने

• सहकारी शिक्षा सूचना, तालिम तथा शिक्षण अध्ययन र अनुसन्धान गर्ने

• सहकारी व्यवसाय सम्बन्धी प्रादेशिक तथ्याङ्क व्यवस्थापन गर्ने

• सहकारी र गरिबी निवारण सम्वन्धी अन्तर निकाय समन्वय गर्ने

• संघ र स्थानीय तहसंग समन्वय गरि सहकारी क्षेत्रको प्रभावकारी अनुगमन तथा मूल्याँकन सम्वन्धी कार्य गर्ने

गरिबी निवारण तथा क्षमता प्रवर्द्धन शाखाको कार्य विवरण

• प्रादेशिक मन्त्रालय विच गरिवी न्यूनिकरण सम्वन्धी कार्यक्रमहरुको समन्वय गर्ने

• गरिबीको रेखामुनि रहेका परिवार नागरिकको क्षमता अधिवृद्धि गर्ने

• आत्मनिर्भर व्यवसाय प्रवर्द्धन कार्यक्रम संचालन गर्ने

• गरिबीको रेखामुनि रहेका परिवारलाई मानसिक शारीरिक अशक्त भएका व्यक्तिहरु प्रति प्रभवकारी नीति र कार्यक्रम पहिचान गरि कार्यान्वयन गर्ने

• गरिबी पहिचान सम्वन्धी कार्य गर्ने

प्रशासन तथा योजना अनुगमन महाशाखाको कार्यविवरण

• कानूनी विषयमा मन्त्रालयका अन्य महाशाखा तथा निकायबाट आएका कानूनी मस्यौदा तथा मापदण्डको तर्जुमा सम्बन्धी काम।

• कर्मचारी प्रशासन सम्बन्धी सङ्गठन, दरबन्दी, पदपूर्ति, पदश्रृजना, खारेज सम्बन्धी प्रकृयागत कार्यहरु सम्बन्धी काम।

• मानव संशाधन विकास सम्बन्धी नीति तर्जुमा एवम् कार्यान्वयन सम्बन्धी काम।

• मन्त्रालयको आन्तरिक सुरक्षा एवम् आन्तरिक व्यवस्थापन सम्बन्धी काम ।

• अभिलेख तथा विद्युतीय शासन सम्बन्धी काम ।

• अर्थ मन्त्रालय, सङ्घीय सरकारका मन्त्रालयहरु, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग सम्पर्क र समन्वय गर्ने काम।

• आन्तरिक नियन्त्रण प्रणालीलाई व्यवस्थित गराउने ।

• मन्त्रालयबाट संचालित कार्यक्रमको अनुगमन, मूल्याँकन पृष्ठपोषण गर्ने ।

• आन्तरिक शाखा बिच समन्वय गरि कार्यक्रम संचालन गर्ने ।

• बार्षिक कार्यक्रम तर्जुमामा प्राप्त पृष्ठपोषण अनुसार सुधार गर्दै आवश्यक कार्यक्रम तर्जुमा गर्ने ।

कर्मचारी व्यवस्थापन शाखाको कार्यविवरण

• मन्त्रालय र अन्तर्गत कार्यालयहरूमा कर्मचारीहरूको नियुक्ति, पदस्थापना, सरुवा, बढुवा र अनिवार्य अवकाश सम्बन्धी काम।

• मन्त्रालय र अन्तर्गतका कर्मचारीहरूलाई दिइने पुरस्कार एवम् विभागीय सजाय सम्बन्धी काम।

• मन्त्रालय र अन्तर्गतका कर्मचारीहरूको कार्य विवरण, अर्ध वार्षिक एवम् वार्षिक कार्य सम्पादन मूल्यांङ्कन सम्बन्धी काम।

• मन्त्रालय र अन्तर्गत निकायको सङ्गठनात्मक स्वरुप सम्बन्धी काम।

• मन्त्रालय र अन्तर्गत निकायको लागि आवश्यक जनशक्ति व्यवस्था सम्बन्धी काम।

• कर्मचारीहरूको विवरण अद्यावधिक अभिलेख सम्बन्धी काम।

• मन्त्रालयमा कार्यरत कर्मचारिको क्षमता विकास (तालिम, सेवाकालिन तालिम, गोष्ठी, अभिमुखीकरण र अध्ययन आदि) सम्बन्धी काम।

• स्वदेश तथा विदेशमा सञ्चालन हुने तालिम, गोष्ठी र अध्ययन मनोनयनका लागि प्रारम्भीक प्रकृया अगाडि बढाउने काम।

• कर्मचारीको आपसी समन्वय, मनोबल र उत्प्रेरणा सम्वन्धी काम ।

• कर्मचारीका सम्पत्ती विवरण सम्बन्धी काम ।

• मन्त्रालयको मूल दर्ता चलानी तथा जनसम्पर्क तथा रिसेप्सन सम्बन्धी कार्य

• मन्त्रालयमा कर्मचारी बैठक आयोजना।

• अधिकार प्रत्यायोजन सम्बन्धी कार्यहरू।

• सार्वजनिक खरिद इकाइको रुपमा कार्य गर्ने।

• अन्य शाखामा नतोकिएका भैपरी आउने कार्यहरु।

जिन्सी तर्फः

• जिन्सी अभिलेख, जिन्सी आम्दानी खर्चको अभिलेख व्यवस्थापन ।

• जिन्सी सामग्रीहरु नियमानुसार अभिलेख, वितरण, खर्च तथा सुरक्षा ।

• स्थायी सम्पत्तिको अभिलेख व्यवस्थापन ।

• जिन्सी मौज्दातको वार्षिक विवरण तयारी ।

• सवारी साधन र अन्य सामानहरुको मर्मत तथा संभार सम्बन्धी काम ।

• कार्यालयमा रहेका सवारी साधनहरुको इजाजत नवीकरण सम्बन्धी काम ।

• मन्त्रालयको भण्डार सञ्चालन ।

बजेट, योजना तथा अनुगमन शाखाको कार्यविवरण

• शाखाको कार्य विवरणमा रहेको योजना, परियोजना एवं सङ्घ संस्थाको वार्षिक योजना कार्यक्रम एवम् बजेट तर्जुमा सम्बन्धी कार्य।

• सार्वजनिक खर्चको अनुमानित विवरण तयार गर्ने।

• PLMBIS सफ्टवेयर मार्फत् बजेट निर्माण, कार्यक्रम संशोधन, रकमान्तर सम्बन्धी तथा बजेट बाँडफाँट सम्बन्धी कार्य।

• मध्यमकालीन खर्च संरचना तयार गर्ने।

• वार्षिक बजेट, विनियोजन ऐन र विकास कार्यक्रमको तर्जुमा गर्ने।

• आयव्ययको प्रक्षेपण गरी सङ्घीय अर्थ मन्त्रालयमा पठाउने।

• स्वीकृत आयोजना एवम् कार्यक्रम सम्वन्धित निकायलाई जानकारी गराउने कार्य।

• आयोजना कार्यान्वयनमा देखिएका जटिलतालाई सम्बोधन गर्ने कार्य।

• मन्त्रालयस्तरीय विकास नीति, प्राथमिकता, आवधिक तथा क्षेत्रगत योजना र वार्षिक विकास कार्यक्रमको तर्जुमा, कार्यान्वयन र अनुगमन तथा मूल्यांकन

• अन्तरसरकारी वित्तीय हस्तान्तरण अन्तर्गतका सबै अनुदानहरुको सिलिङ निर्धारण तथा योजना/कार्यक्रमकहरुको प्राथमिकिकरण, छनौट तथा सिफारिस

• अनुगमन तथा मूल्याङ्कन सम्बन्धी कार्यक्रम तर्जुमा तथा आयोजना/कार्यक्रमहरुको नियमित अनुगमन एवम् मूल्याङ्कनको व्यवस्था

• मन्त्रालयले आयोजना गर्ने वार्षिक, अर्धवार्षिक एवम् चौमासिक प्रगति समिक्षा कार्यक्रम सञ्चालन

• प्रादेशिक योजना तथा कार्यक्रमहरुको कार्यान्वयनको यथार्थ अवस्था झल्कने गरी प्रचलित कानूनले तोके बमोजिम प्रकाशन गर्नुपर्ने प्रगति विवरणहरुको तयारी, छलफल एवम् सम्पादन

• Project Bank सम्बन्धी सम्पूर्ण कार्यहरु

• योजना तथा कार्यक्रमहरुको प्राथमिकिकरण, छनौट, सिफारिस तथा सो को कार्यान्वयनका लागि आवश्यक ऐन, नियम, कार्यविधि, मापदण्ड एवम् दिग्दर्शनको तर्जमा ।

आर्थिक प्रशासन शाखाको कार्यविवरण

• मन्त्रालयको वार्षिक बजेट तर्जुमा (चालु खर्च) निकासा एवम् खर्चको प्रवन्ध सम्बन्धी काम।

• सार्वजनिक खरिद ऐन, २०६३ र तत्सम्वन्धी नियमावली अनुसार सार्वजनिक खरिद सम्बन्धी काममा राय/परामर्श प्रदान गर्ने काम।

• आयव्ययको आन्तरिक एवम् अन्तिम लेखा परीक्षण।

• पेश्की र बेरुजुको लगत राख्ने, सम्परीक्षण गराउने एवम् फछ्र्यौट र अद्यावधिक गराउने काम।

• मातहतका निकायहरूलाई आर्थिक प्रशासन सम्बन्धी निर्देशनको लागि सिफारिस गर्ने सम्बन्धी काम।

• शाखाहरूलाई लजिष्टिक सपोर्टको लागि बजेट व्यवस्था।

• मन्त्रालयको भौतिक सम्पत्तिको सुरक्षा एवम् मर्मत संभार, लिलाम, मिन्हा समबन्धी काममा सहयोग।

• मेशीन, उपकरण सार्वजनिक खरिद गर्दा अपनाउनु पर्ने मापदण्ड र नम्स निर्धारण सम्बन्धी काममा सहयो

कानून तथा फैसला कार्यान्वयन शाखाको कार्यविवरण

• मन्त्रालयसँग सम्बन्धित ऐन, नियममा सुधार गर्ने एवम् विधेयक तर्जुमा सम्बन्धी कार्य ।

• प्रदेश राजपत्रमा प्रकाशन गरिनु पर्ने सूचना सम्बन्धी विषय ।

• मन्त्रालय विरुद्ध परेका रिट, निवेदन र पुनरावेदन लिखित जवाफ, पुनरावेदनपत्र तयार गरी सम्बन्धित निकायमा पठाउने काम ।

• कर्मचारीहरूको सेवा सुविधा सम्बन्धी निर्णय उपरको निवेदन, पुनरावेदन ।

• मन्त्रालय पक्ष हुने सहमति, सम्झौता, समझदारी पत्रमा कानूनी राय परामर्श ।

• शाखाबाट प्रदान भएका राय एवम् शाखासँग सम्बन्धित विषयको निर्णयसार बनाउने काम ।

• मन्त्रालयसँग सम्बन्धित अदालती फैसलाको अभिलेख तथा कार्यान्वयन सम्बन्धी काम ।